Dr. Naba Raj Lamsal

डा. नवराज लम्साल

समकालीन नेपाली साहित्यका प्रतिनिधि कवि तथा गीतकार र नेपाली सञ्चार क्षेत्रका अग्रणी व्यक्ति हुन्, डा. नवराज लम्साल । रेडियो नेपाल तथा बीबीसी नेपाली सेवासँग जोडिएको उनको लामो इतिहास छ । साहित्यकार हुनुको शिल्पले सञ्चारको क्षेत्रमा उनको उपस्थितिलाई जति अर्थपूर्ण र बहुविध बनाएको छ, सञ्चारको ज्ञान र शिल्पले साहित्य लेखनमा पनि त्यति नै तीव्र आलोचनात्मक चेत बढाएको पाइन्छ । निकै सुस्त र सेलाउनै लागेजस्तो नेपाली महाकाव्य विधालाई चलायमान बनाउने उनको यो योगदानलाई बौद्धिक, तार्किक र वस्तुनिष्ठ मानिन्छ ।

नवराज लम्साल 'कर्ण' र 'धरा' महाकाव्य, ३ कवितासङ्ग्रह र २ गीतसङ्ग्रह का सर्जक हुन्।

Books by Dr. Naba Raj Lamsal