Aao Mera Pyara Pyara Bhaibahini Ho! Radio Najik Aao!'s front cover

ISBN

9789905610019

Published

2026

आओ! मेरा प्यारा प्यारा भाइबहिनी हो ! रेडियो नजिक आओ !

Basudev Munal

हरेक साँझ घाम डुब्न लाग्दा रेडियो नेपालबाट एउटा जादुयी आवाजले बालबालिकालाई बोलाउँथ्यो, “आओ ! मेरा प्यारा-प्यारा भाइबहिनी हो ! रेडियो नजिक आओ! लौ त, अब सुरु गरौं, आजको हाम्रो बालकार्यक्रम!” यो एउटा बोल्ने मान्छेको कथा हो, जसले जीवनभर बालबालिका र समाजका लागि रेडियोको ध्वनि तरङ्गबाट बोलिरह्यो । स्वतन्त्रतातर्फ उन्मुख समाजलाई चेतनशील बनाउन गीत, कविता, कथा र नाटकहरूका माध्यमबाट रेडियो नेपालमार्फत आफ्ना पाइला बढाइरह्यो । ताप्लेजुङमा जन्मेर चौदण्डीगढी र विराटनगरसम्म आइपुग्दा ऊ कोइरालाबाट मुनाल' मात्रै बनेन, समकालिकसँगै उच्चकोटिको गायक पनि बन्यो । र, अन्ततः ऊ सबैको मनप्रिय वासुदेव मुनाल भयो । आम मानिसले जस्तै तर फरक जीवन भोगेको वासुदेव मुनालको यो संस्मरणले पाठकको मनका आर्तनादलाई आँसुमा परिणत गर्ने सामर्थ्य राख्छ, हाँसोलाई हास्य रसको उत्कर्षमा पुऱ्याउने कला थप्छ अनि जीवनलाई केवल सङ्घर्ष र सफलताको कडीबाट हेर्न सिकाउँछ ।
हातमा मोबाइल बोकेर हुर्किरहेको पुस्ताका लागि वासुदेव मुनाल अहिले रेडियोमा सुनिने नाम नहुन सक्छ तर इतिहासको कालखण्डमा सबैको सञ्चारको स्रोत रेडियोको युगसम्म पुऱ्याउने दूत भने ऊ पक्कै हो।
त्यही सञ्चार-दूतको संस्मरण हो आओ ! मेरा प्यारा - प्यारा भाइबहिनी हो ! रेडियो नजिक आओ !

PaperbackIn stock
Rs 666

Delivery 1-3 days

1