"प्रथम वाक्यमा नै कथाको उत्कर्ष उजागर गरेर फ्रान्ज काफ्काले अत्यन्त अस्वभाविक कथावस्तुलाई आफ्नो साहित्यिक विशिष्ठता र कथ्य-कौशलले द मेटामोर्फसिसलाई यथार्थपरक बनाउन सफल रहेका छन् । मुख्य पात्र ग्रेगोर स्याम्साको आत्मस्वतन्त्रता र उसको परिवारलाई चाहिएको आत्मनिर्भरताका लागि कथामा भएका परिवर्तन र घटना शृङ्खलाका रूपान्तरणले कथालाई पठनीय बनाएको छ ।" - अर्चना थापा, लेखक
"विश्वभरका भूतपूर्व लेखक, समकालीन लेखक एवम् नवआगन्तुक लेखकहरूलाई हिप्नोटिक प्रभावमा पारिरहने यो कथाले कल्पनाशीलताको नूतन द्वार खोलिदिएको छ । मलाई थाह छ, मैले यो लेखिरहँदा संसारको कुनै न कुनै कुनामा, कुनै न कुनै मनुवालेद मेटामोर्फसिस अवश्य पनि पढिरहेको छ ।" - कुमार नगरकोटी, लेखक