Pralayapachi's front cover

प्रलयपछि: मिरदादको किताब

Mikhail Naimy

Translated : Mohan Mainali
Language
Nepali

Paperback

ISBN
9789905995710
Published
October 22, 2026

Paperback

Rs 888

लोक कथाअनुसार वेदी पर्वतको मठका मूल महन्त वर्षौंदेखि खण्डहर मठको वरपर मौन बनेर भड्किइरहेका छन् । मान्छे देख्नेबित्तिकै उनी अलप हुन्छन् । आजसम्म धेरै मान्छे अप्ठ्यारो भीरको बाटो भएर त्यो पर्वत जान हिँडे तर कोही पनि फर्केर आएनन् । यो कुरा थाहा पाउँदापाउँदै पनि लेखक वेदी पर्वत चढ्न हिँड्छन् । लेखकको त्यही डरलाग्दो यात्राको कथा हो यो किताब ।

आफ्नो समयका नामी लेखक मिखायल नयमीले लेखेको यो किताब लेखकजत्तिकै प्रख्यात छ । दुई भागमा बाँडिएको यो किताब संसारका धेरै भाषामा अनुवाद भएको छ । यसको पहिलो खण्डमा यो किताब कसरी भेटियो' भन्ने कथा छ । कथाको बुनोट र त्यसलाई भन्ने शैलीका कारण यो कथा अद्भुत छ । यही पहिलो खण्डको सजीव नेपाली अनुवाद हो- प्रलयपछि : मिरदादको किताब ।

मोहन मैनालीको चित्ताकर्षक शैलीमा अनूदित यो किताब अनुवादमात्र होइन, यसका लागि बनाइएका मौलिक चित्र-कथाले यसलाई अझ उम्दा बनाएको छ ।