Pratyek Thau Pratyek Manche's front cover

प्रत्येक ठाउँ प्रत्येक मान्छे

पिटर जे. कार्थक

Genre
Novels
Language
Nepali

Paperback

ISBN
9789937935180
Published
September 17, 2020

Paperback

Rs 400

Ebook

Rs 240

मन्त्र, यन्त्र तथा तन्त्र - यी तीनको त्रैमूर्तिक रूपबाट सारा वस्तुको सिर्जना भएको हुन्छ । पिटरको यो उपन्यासको विभाज न- प्रेल्युड, इन्टरल्युड तथा एपिल्युड- यसप्रकार, वास्तवमा मन्त्र, यन्त्र तथा तन्त्रमा विभाजित गरिएका छन् | प्रेल्युडले दार्जीलिङको ऐतिहासिक पृष्ठभूमि, इन्टरल्युडले व्यक्तिभन्दा घटना र घटनाभन्दा त्यसलाई सिर्जने पृष्ठभूमि एवम् त्यसको आर्तनादको महत्त्व र एपिल्युडले दुईको आपसी सम्बन्धलाई सामञ्जस्य प्रदान गर्न भूमिका निर्वाह गरेको छ । त्यही नै हो; कथा प्रत्येक मान्छे, प्रत्येक ठाउँको । - शङ्कर लामिछाने, ८ अक्टुबर १९७५

दार्जीलिङेली नेपाली जीवनलाई लेख्ने यो कान्छो तर धेरै खाइखाँदो औपन्यासिक कृति भएको छ यो । यसको औपन्यासिक रूप जस्तो प्रयस्त छ, उपन्यास लेखकहरूलाई रूप (फर्म) को उपयोगिता र महत्त्वमा सचेत पार्ने बलियो झकझकाइ भएको छ । मान्छे प्रत्येक र ठाउँ प्रत्येकमा यो नभुलिने भएको छ । - इन्द्रबहादुर राई, १२ जनवरी १९७८