अनौठो सपनाबाट एकाबिहानै ओछ्यानमा
ब्युँझिंदा गेग्राेर स्याम्साले आफ्नाे शरीर
डरलाग्दो कीरोमा परिणत भएको पायो ।
तत्पश्चात् उसले आफ्नो ‘घुमुवा बिक्रेता’
पेशालाई निरन्तरता दिन सकेन ।
एक्लै बाँच्नुको पीडा, भेदभावी मातापिताको
रुखो व्यवहार तथा पूरै परिवारले नै
गेग्राेरलाई गरेकाे घृणा र बेवास्वेता अनि
उसमा छाएको जीवनप्रतिको नैराश्यलाई
रोचक ढङ्गले यस कथामा उतारिएको छ ।
फ्रान्ज काफ्काको द मेटामोर्फसिस विश्व
साहित्य बजारमा अत्यधिक रुचाइएको र
कयौं भाषामा अनूदित कृतिमध्ये एक हो ।